महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ तारलमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  मंगलबार राति करिब १ बजे भएको दुर्घटनामा चालक डिलाशैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।
योगेशको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा मृत्यु भएको हो।  विष्टका अनुसार डिलाशैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको छ। ट्रयाक्टरमा सवार रहेका डिलाशैनी–३ का राकेश कोली सामान्य घाइते छन्।
प्रतिक्रिया दिनुस