महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी हवल्दारले आफु माथी दुव्यर्वहार गरेको स्थानियले जनाएका छन् । जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित स्थानिय युवकको घरमै पुगी सोही ठाउँको पचुई प्रहरी चौकीका जवान दिपेन्द्र बिष्टले आफुमाथी दुव्र्यवहार गरेको युवक प्रवेश महराले बताए ।

उनले भने,–‘शनिवार दिउँसो पडौसीको घरमा राखेको बाइकको ब्लुबुक, लाइसेन्स झिक्न लगाउदै प्रहरीले धक्कामुक्का गरे।’ घरमै आएर पडौसि बिष्टले आफुमार्थी दुव्र्यवहार गरेको उनले दुखेसो पाखे ।

बिष्टको प्रहरी भइसकेपछि पनि घरमै पुगेर हप्काउने बानी नगएको भन्दै आफुले सम्झाउन खोजेको उनि बताउँछन् । ति नै युवक र प्रहरी जवान बिष्ट बिचको उक्त घटना अहिले सामाजिक सञ्जालमा भेटिएको छ । टिकटकमा स्थानिय बिष्णु भट्टले उक्त भिडीयो राखेको देखीन्छ ।

उनले टिकटकमा प्रहरी जवान र युवक बिच भएको विवाद खिचेको भिडीयो सार्वजनिक गरेका छन् ।
टिकटक प्रयोगकर्ताहरुले अहिले प्रहरी र युवक बिच भएको भडप प्रति आपत्ती जनाइरहेका छन् । उक्त भिडीयोमा प्रहरी हवल्दार बिष्टलाई ति युवकले केही भन्न खोजिरहेको देखीन्छ ।
भिडीयो–

हेर्नका लागी क्लिक

भिडीयोमा १५ सय बढी लाईक र २३ हजार बढीले हेरेका छन् । उक्त भिडीयो टिकटकको @vishnubhatta3 मा गएर हेर्न सकिन्छ ।

तर इलाका प्रहरी कार्यालय बेलौरीले उक्त भिडीयोमाथी कदम चाल्ने जनाएको छ । उक्त भिडीयो सार्वजीक भएपछि सोधपुछका लागी स्थानिय बिष्णु भट्टलाई झिकाइएकोे इन्स्पेक्टर कमल खड्काले जानकारी दिए । उनले भने,–‘भिडीयोमा देखिएको  जवान र ति युवकबिचको घटना सोधपुछको काम भइरहेको छ।’

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज खड्काले ति युवक र प्रहरी जवान बिच के-कती कारणले विवाद भएको हो बुझ्ने कार्य भइरहेको जनाए ।

https://www.facebook.com/428459761083479/videos/1320366485135922

 

प्रतिक्रिया दिनुस