महेन्द्रनगर । कञ्चनपुरमा महाकाली नदीको बाढीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिन भएको छ । भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँच जना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।

महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक,९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्दारका लागि प्रयास भइरहेको बताउँदै पानीको सतह बढी हुँदा समस्या भइरहेको बताए । प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उनीहरुको उद्दारका लागि हेलिकप्टर मगाइएको बताइन् । यदपी गृह मन्त्रालयले उनीहरुको उद्धारका लागि पठाउन लागेको हेलिकप्टर खराब मौसमका कारण आउन सकिरहेको छैन।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरुको सुरक्षित उद्दार गरिने उनले बताइन्।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआइजी० पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया दिनुस