कञ्चनपुर कात्तिक ५ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं देखि सुदुरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा कञ्चनपुरको  दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी  भए ।

कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा एक जना बापीडितलाई हप्काए । प्रधानमन्त्री शेरबहादुर देउवाले पिडितलाई हप्काए पछि प्रधानमन्त्री देउवाको समाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भए पछि हप्काएको आवाज भाइरल बनेको छ ।

प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भनेका थिए । प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।

सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलाली गए ।

प्रतिक्रिया दिनुस