कञ्चनपुर कात्तिक ४ । कञ्चनपुरका टिक टक स्टार भनेर चिनिनएका अशु वर्माले भीमदत्तनगरका ११, १२ मा रहेका बाढिपिडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुल, वडा कार्यालयमा बास बस्न पुगेका वाढिपिडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकट दिएका छन ।

‘आफुले यसरी सानो सहयोग गर्न पाउदा साहै्र खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए ।

 

बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदुरपश्चिमका बाढिपिडितको स्थिति बुझ्न बझाङ डडेल्धुरा र कञ्चनपुर पुगेर बाढी पिडित लाइ राहत सामग्री उपलब्ध गराउने आस्वासन दिएका छन् ।

प्रधानमन्त्रीले भ्रमण गर्ने खर्च कटाएर राहात वितरण गरेको भए राम्रो हुन्थ्यो भनेर प्रधानमन्त्री शेरबहादुर देउवा को सामाजिक सञ्जालमा आलोचना भएको छ । कञ्चनपुर पुगे पछि बाढी पिडितको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राहात सामाग्री लिएर आउछन् भन्ने सबैको आकलन थियो तर प्रधानमन्त्री बाढी पिडितको अबलोकन गरेर राहात दिने आस्वासन दिएपछि जनता निरास भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा राहात भन्दा आस्वासन दिएर गएका बाढी पिडितको गुनासो रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं पुगे पछि राहातको प्याकेज घोषणा के गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुस