महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन्। लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम आउनने भएका हुन्।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने जानकारी दिए।

नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई बाढीपहिरो पीडितलाई उद्धार, राहतको व्यवस्था गर्न, मृतकका परिवारलाई तत्कालका लागि क्षतिपूर्ति दिन, घाइतेको उपचार गर्न र किसानका लागि दीर्घकालीन राहतका प्याकेज ल्याउन आग्रह गरेको बताए।

उनले प्रधानमन्त्री देउवा गृहप्रदेश जाने मिति भने तय भइ नसकेको बताए।

प्रतिक्रिया दिनुस