कञ्चनपुर कार्तिक,४ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापाले स्थानीय संचारमाध्यमलाई प्रकाशित समाचार हटाउन ‘दबाब ‘ दिएका छन् ।कार्यालय समयमा कर्मचारीहरु नआएको र सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको जनगुनासो सहितको भिडियो र समाचार जनपथखबरमा प्रकाशित भएको थियो ।

जनपथखबरका पत्रकार आयुष न्यौपानेले प्रकाशित समाचार हटाउन थापाले बिज्ञप्ति जारी गरेको जानकारी दिनुभयो । उक्त समाचार र भिडियो हटाउन थापाले जारी गरेको बिज्ञप्तिको अन्त्यमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको बदनाम गर्न भिडियो तथा समाचार सामाजिक संस्थामा हालिएको उल्लेख गर्दै हटाउन भनिएको छ ।

प्रतिक्रिया दिनुस