कञ्चनपुर कात्तिक ६ ।शुक्लाफाँटा होटल व्यवसायी संघ झलारीको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि कञ्चनपुर होटल व्यवसायी संघ का अध्यक्ष जगदिश चन्द्र भट्ट,बिशिष्ट अतिथि मा झलारीपिपलाडी उद्योग बाणिज्य संघ झलारीका अध्यक्ष हरेन्द्र कुमार भण्डारी,बाणिज्य संघ कै महासचिब दिपकराज भट्ट,कञ्चनपुर होटल व्यवसायी संघ का उपाध्यक्ष केशब सिंह जोरा,ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख कर्ण बहादुर बोहरा लगायत अन्य बिभिन्न संघ सस्थाका प्रतिनिधि एवं शुक्लाफाँटा होटल व्यवसायी संघ झलारी का पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमको सभापति नर बहादुर बिष्ट रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य व्यवसायी संघ का उपाध्यक्ष बासुदेब भण्डारी ले राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका सचिब देवदत्त जोशीले गरेका थिए

 ।शुक्लाफाँटा होटल व्यवसायी संघ झलारीको छैठाँै बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन मा बोल्दै प्रमुख अतिथि जगदिश चन्द्र भट्टले होटल व्यवसाय लाई पारिवारिक र शान्तिपूर्ण वातावरण कायम बनाउनुको साथै मर्यादित र व्यवस्थित बनाउन अतिआवश्यक रहेको बताएका छन् । खाना–खान,बास बस्न आउने पाहुनाहरु लाई सुरक्षित,शिक्षित,साक्षर र शान्तिपुर्ण वातावरण प्रदान गर्न सकियो भने सुदुरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसार संगै पर्यटकहरु लाई बित्र्याउन सकिने उनले बताए । अगाडी भने ;–सरकारले होटल व्यवसायी लाई पनि सरकारले पूर्ण रुपमा कोरोना भाइरस कोभिड – १९ को खोप लागाई निरन्तर रुपमा होटल व्यावसाय सञ्चालन गर्न पाउनुपर्ने समेत दाबिगरेका छन् ।

त्स्तै होटल व्यवसायी संघ शुक्लाफाँटाको तेस्रो अधिवेशनबाट नैनसिंह बोहराको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको छ । बोहराको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरिएको अध्यक्ष बोहोराले बताए । अध्यक्ष बोहराका अनुसार नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा बाशुदेव भण्डारी,उपाध्यक्ष जमनसिंह कार्की,सचिव देवदत्त जोशी,सहसचिव तेजराज भट्ट,कोषाध्यक्षमा रमेश रावललाई चयन गरिएको छ भने,सदस्यहरुमा मनोजकुमार साउँद,रतनसिंह सेटी,कर्णबहादुर कार्की,रतनलाल राना र राजेश धामी रहेको समेत बताए।

प्रतिक्रिया दिनुस