
बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो।
कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए। वर्षाले गर्दा बैतडी–डडेलधुरा सडक अवरुद्ध भएका कारण थलालको बाटोमै मृत्यु भएको उनले बताए।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    