महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा तिन मोटरसाइकल चोरी भएका छन् । गय राती बेलौरी बजारमा रहेको डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि मोटरसाईकल चोरि भएका हुन् ।

खानि पानि ट्रयांङकी नजिक रहेको स्वरुमबाट सिसीटीभिको तार झिकी ‘पल्सर २ ०० सिसी १ र पल्सर १५० सिसि २’ सहितका मोटरसाइकल गायव भएको सञ्चालक दिपेन्द्र बिष्टले बताए । उनले भने,–‘ सिसिटीभीमा २ जना अनुहार छोपिएको जस्तो आएका देखीन्छन्, क्यामेराको तार झिकी अन्तराष्ट्रिय स्तरको हतियार प्रयोग गरेर ताल्चा टुटाइएको छ, हामीले उक्त हतियार पाएका छौँ।

स्वरुमबाट तिन पल्सर बाइक चोरेर लगेको उनले बताए । यता प्रहरीले भने घटनाको आवस्यक अनुशन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालयका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलको सुक्ष्मरुपमा अनुशन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुस