लाल बहादुर एस.के.

कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले स्थलगत अनुगमन गरेकी छिन । क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य समेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बेलौरीका मेयर पोतिलाल चौधरीले आइतबारदेखि पुर्वखानेपानीमन्त्री मगरले बाढिप्रभावित क्षेत्र र बाढिपीडितसंग छलफल गरेको बताए ।

 

‘उहाँ मन्त्री ज्यूले स्थानीय सरकारसंग समन्वय गरेर बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पीडित परिवारसंग छलफल गरेका छन, ‘मेयर चौधरीले भने, ‘हामी संघ र स्थानीय जनप्रतिनिधीले संयुक्त रुपमा अनुगमन गरिरहेका छौँ ।’ बेलौरीका ६, ७, ८, ९, १० सहित वाढि प्रभावित क्षेत्र, दोदाको कटानी र पूनर्वासका केही वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको उनले बताए । ‘पहिलो दिन दुई पालिका क्षेत्रका वाढि पीडितसंग भेटघाट गर्नुभयो, ‘बेलौरीका मेयर चौधरीले भने, ‘भोली लालझाडी सहित बाँकी पूनर्वास क्षेत्रको वाढि प्रभावित क्षेत्रमा जान्छिन ।’

 

वाढि प्रभावित भएकै बेला संघीय सरकारसंग न्यायोचित राहत, पूर्र्नस्थापना एव उचित क्षतिपूर्तिको माग अघि सारेकी मन्त्री मगरले निर्वाचन क्षेत्र १ को बेलौरी र पूनर्वास क्षेत्रका वाढि प्रभावित क्षेत्रको अनुगमन गरेकी छिन । आफ्नो निर्वाचन क्षेत्रमा वाढिपीडित जनतासंग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानीमन्त्री समेत रहेकी बिना मगरले वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना र वाढिबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्दै, क्षेत्र १का ठुला नदी दोदा, चौधर, झर्नाखोला लगायतका सानाठुला खोलाको कटानी नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउन समेत संघीय सरकारसंग आग्रह गरेकी छिन ।

 

माओवादी केन्द्र खानेपानी विभागकी संयोजक समेत रहेकी पुर्वखानेपानी मन्त्री मगरले वाढि प्रभावित क्षेत्रमा खानेपानीको अभाव भएकाले सो तर्फ समेत ध्यान दिन आग्रह गरेकी छिन । निर्वाचित संसद जनताको दुख पीडि बुझ्नका लागि घरमै आएको भन्दै पीडितले संसद मगरप्रति आभार प्रकट गरेका छन । बेलौरी नगरपालिका १० शिवनगरका वाढि पीडित रतन चौधरीले निर्वाचित भएकी संसद पीडितको पीडा बुझ्नका लागि आएको विषय ठुलो आश पलाएको बताए ।

 

‘यस अघिका चुनाव जितेका संसदले हाम्रा पीडामाथि कहिल्यै साथ दिएनन, ‘उनले भने, ‘आज हामीलाई दुख्दा हाम्रो निर्वाचित संसद घरदैलोमै पुगे ।’ पूनर्वास नगरपालिका वाढिपीडित पदम रानाले निर्वाचित संसदले पीडितको पीडामा मलम लगाउने काम गरेको बताए । क्षेत्रको वाढि पीडितको स्थलगत अनुगमन गरेकी संसद मगरले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पीडितलाई न्यायोचित राहत, क्षतिपूर्ति एव पूर्नस्थापना गर्नुपर्नेमा सुझाव दिनुभयो । खानेपानीमन्त्री मगरले वाढिपीडितको समस्याप्रति आफुले आफ्नो क्षेत्रबाट तीनै सरकारलाई घचघच्याउँदै न्यायोचित राहत दिलाउने प्रतिबद्धता जाहेर गरिन ।

प्रतिक्रिया दिनुस