नेकपा एमाले कञ्चनपुरले वालुवा राखेर कमजोर गुणस्तहिन सडक बनाउने महाकाली चार लेन कम्पनीमाथि कार्बाही गर्न माग अघि सारेको छ । आइतबार एमाले कञ्चनपुरको बैठकमा एमाले नेता कार्यकर्ताहरुले राष्ट्रिय गौरबको योजनामाथि खेलवाड गर्ने ठेकेदार कम्पनीमाथि छानबिन गर्न माग गरेको हो । नेकपा एमाले कञ्चनपुरका उपसचिव रण बहादुर महराले बैठकमा राष्ट्रिय गौरबको योजनमाथि खेलवाड गर्ने, वालुवा राखेर पुल सडक बनाउने, तटबन्ध बिनै सडक बनाएर खेलवार्ड गर्ने ठेकेदारमाथि कार्बाही गर्न माग अघि सारेको बताए । ‘बैठकमा हामीले पुल निर्माण कम्पनीमाथि छानबिनको माग अघि सारेका छौँ, ‘उनले भने, ‘सडक भत्कायो, के कारण हो, यसको छानबिन गर्नुपर्छ ।’ बैठकमा कञ्चनपुरमा १०बुँदे सहमती कार्यान्वयन भएको बारे नेताहरुले बोलेको बताउदै उनले पार्टीको आगामी महाधिवेशनका लागि तोकिएको समयमा वडा र पालिका सम्मेलन गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुस