काठमान्डौ । कालिकोट जिल्लाका नेकपा माओवादी केन्द्र र नेपाल एमाले नेता क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन्। नेकपा( क्रान्तिकारी माओवादी) पार्टी कार्यालय कुपोन्डोल काठमाडौमा सनिवार नेकपा एमाले पार्टी परित्याग गरि पचालझर्ना गाउँपालिका वडा न ४ का नेत्रराज शाही ने.क.पा.( क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । त्यसैगरी सोही गाउँपालिका २ न. वडाका जगदीश तिरुवा वडा न.५का सुर्य बिक र तिलागुफा  नगर पालिका वडा न ८ का रबिन्द्र बिकले माओवादी केन्द्र  परित्याग गरि ने .क .पा.(क्रान्तिकारी माओवादी)मा प्रवेश गरेकाछन ।

कालिकोट जिल्ला सेक्रेटरी  कर्ण बिसि र अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य नेत्र बहादुर  शाही ले नयाँ आगन्तुकलाइ बधाई तथा स्वागत गर्दै अविर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए

।उक्त कार्यक्रममा अखिल क्रानितकारी कालीकोट जिल्ला अध्यक्ष लक्ष्मण विक र काठमान्डो सिटीभिटी संयोजक नर ब कुमाल, देजमो जिल्ला सदस्य एवम् पत्रकार सुन्दर योगी र अखिल क्राीनतकारकिा हिकाष्ट संयोजक लक्ष्मण बमको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुस