काठमाडौं कार्तिक ७। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण)को स्वास्थ्य सुधार भएपछि नर्भिक अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् ।

क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा समस्या आएपछि असोज ३१ गत  अस्पताल भर्ना भएका थिए । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण नर्भिक अस्पतालमा उपचार भएर आइतबार ८ दिन पछि डिस्चार्ज गरिएको छ ।

आईतबार महासचिव मोहन वैद्य किरण को छोरी चेतना शर्माले  नर्भिक अस्पतालमा उपचामा संलग्न डाक्टर नर्स तथा कर्मचारी लाइ हार्दिक आभार व्यक्त गरेकी छिन् । त्यस्तै चेतनाले  बुवाको उपचारका क्रममा सहयोग गर्न स्वस्थ लाभको कामना गर्ने सबैलाई सामाजिक सञ्जाल फेसबुकमा धन्यवाद दिएको छ।

 

 

प्रतिक्रिया दिनुस