फाइल ।

डोटी :  डोटीमा मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको करेन्टलागेर मृत्यु भएको प्रहरीले जनाएको हो । सोही नगरपालिकाको वडा नं.११ मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए।

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । यस्तै, करेन्ट लागेर सोही वडाका एक जना घाइते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन् । घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुस