कञ्चनपुर साउन १ ,शुक्रबार कञ्चनपुरबाट हराएका भिमदत्त नगरपालिका ७ का समाजसेवी युवा बसन्तबहादुर सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी वडाबाट संचालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगतको उपभोक्ता समितिका अध्यक्ष थिए ।

उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा रंग रोगन गरेको थियो । सोही कामको रकम भुक्तानी लिन शुक्रबार नगरपालिका कार्यालय गएका सिंह वेपत्ता भएका थिए ।
उनले बोकेको मोबाईलले देखाएको लोकेशनका आधारमा उन्को खोजीकार्य भएको थियो ।

तीन दिनअघि उनले प्रयोग गर्ने मोटरसाईकल र झोला फेला परेको थियो । सोही आधारमा उन्को थप खोज तलास गर्दा तीन किलोमिटर उत्तर रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनको मृत्यु संस्कापद भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश अर्चायले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया दिनुस