महेन्दनगर । कञ्चनपुरमा युवकहरु बिच ग्याङ फाइट भएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिका -८ बनखेतमा मापसे सेवन गरेका युवकहरु बिच झडप भएको प्रहरीले जनाएको छ । दोहोरो झडपका क्रममा महाकाली अस्पतालमा असइ माथि समेत आक्रमण भएको जनाइएको छ ।

फेरी आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा असइमाथि पनि आक्रमण भएको जिल्ला प्रहरीले जनाएको छ ।

असइको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपाने बताए ।
प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुस