कञ्चनपुर कार्तिक १९। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वार्ड अध्यक्ष बहादुर सिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । महराले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।

१३ हजार ४७० रुपैयाँ र अपुग २० हजार रकम व्यक्तिगत खर्चले  खेलकुद सामग्री किनेर युवालाई उपलब्ध गराइएको जानकारी दिनुभयो । वार्ड का युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ,’ उनले भने, ‘अझै खेलकुदप्रति युवाहरुको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ ।’

युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकम खर्च गर्नुपरेको उनको भनाइ छ । ‘जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्,’ उनले भने, ‘जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ ।’

नगरपालिकाबाट पाइने सुविधाबापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुस