काठमाडौं-नेकपा (एमाले)ले कात्तिक २७ गते १ हजार ९९९ जना महाधिवेशनको प्रतिनिधि छनोट गर्ने भएको छ। मंसिर १०(१२ का लागि तय भएको दसौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्न लागेको हो। एमालेले मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ।

प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ। एमालेले भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशिताका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने बताइएको छ। एमाले महाधिवेशन चितवनमा हुने तय भइसकेको छ।

प्रतिक्रिया दिनुस