फाइल।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–५ सीमरानामा बा ०२०१५प २७३८ नम्बरको मोटसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेका छन् । उनलाई धनगढीस्थित निसर्ग अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रवत्ता प्रतिक विष्टले बताए । मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको उनले बताए।

घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन् । उनीहरुलाई मोटरसाइलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस