कैलाली साउन ३ ,कैलालीको धनगढी सहिदगेट नजिक बिहीबार साँझ भएको बम विस्फोटमा घाइते भएका एक जनाकोधनगढीको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटल अगाडी बम विष्फोट हुँदा ५ जना घाइते थिए ।बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो । घाइतेको शरीरको अधिकांश भाग जलेको जनाइएको छ । घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस