बाजुरा साउन ३ ,बाजुराको जगन्नाथ गाउँपालिका ५ भुवाखोलामा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।दुर्घटनामा परि जिप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनुभयो।

कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएकोप्रहरीले जनाएको छ । जीप कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुस