चितवन साउन ३, चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरी आगो लगाएको क्याम्पस प्रमुख गोविन्द सापकोटाले बताउनुभयो ।

आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनुका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएका छन। बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको याम्पस प्रमुख गोविन्द सापकोटाले बताउनुभयो ।

आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुस