कैलाली साउन ३ ।बिहिवार धनगडी शहीद गेट नजिकै भएको बम विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ । शुक्रबार विप्लव नेकपाले एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त घटनाको जिम्मा लिएको हो ।

प्रतिबन्धित विप्लव नेकपाको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणको नामबाट सार्वजनिक विज्ञप्तीमा पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको भनिएको छ। विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन ।
घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । कैलाली प्रहरीले पनि बम विस्पोट घटना विप्लव समुहको हुन सक्ने आसंका गरिएको थियो ।

प्रतिक्रिया दिनुस