काठमाडौं साउन ३, नेकपा ( क्रान्तिकारी माओवादी ) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालले काठमाडौंमा आज विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली सरकारले भारत बाट भित्रिने विषादीयुक्त तरकारीमा विषादी परीक्षण नगर्ने भनी गरिएको निर्णय राष्ट्रघाती रहेको भन्दै मोर्चाले विरोध गर्दै आएको थियो । त्यसैगरी भुकम्प पीडितहरुको उद्धार र राहतमा सरकारले उदासिनता देखाएको भन्दै मोर्चाले विरोध जनाएको छ भने संविधानकै बर्खिलाप हुने गरी लोकसेवा आयोगलाई गैरसमावेशीकरण गर्ने गरी जारी भएको विज्ञापन खारेजीको समेत माग गर्दै मोर्चाले विरोध गरेको छ ।

विरोध ¥यालीपछिको कोणसभालाई मोर्चाका सचिवालय सदस्य तथा प्रदेशका ३ का संयोजक पवनमान श्रेष्ठले सम्बोधन गरेका थिए । विरोध प्रदर्शन कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी तथा मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस