कैलाली साउन ५, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ ।सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसले शुल्क बृद्धीको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिदा समेतक्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले ताला बन्दी गरेको क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभयो ।

कैलालीको अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसमा बृद्धी गरिएको शुल्क फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिइएको अध्यक्ष पुष्पराज जोशीले बताउनुभयो । क्रान्तीकारीका अध्यक्ष पुष्पराज जोशीले ६ हजार मासिक शुल्कबाट ११ हजार ७ सय पुगाईएकाले बृद्धि भएको शुल्क फिर्ता लिनुपर्ने बताए।

अध्यक्ष पुष्पराज जोशीले भन्नुभयो पटक पटक गरेको आग्रह र ७२ घंटे अल्टिमेटम को समेत क्याम्पस प्रशासनले वेवास्था गरेकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै लेखा र प्रशासनमा तालाबन्दी गरिएको र विद्यार्थीहरूको पठनपाठन मा कुनै बाधा नहुने गरी तालाबन्दी गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुस