कञ्चनपुर , विपी चिन्तन प्रतिष्ठान कञ्चनपुरले विपी स्मृती दिवस मनाएको छ ।आर्दर्शवादी नेता वीपीका आर्दश र मुल्य मान्यताका रुपमा रहेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादन नै अहिलेको आवश्यकता रहेको स्मृती दिवसमा भेला भएका सहभागि कांग्रेसका नेताहरुले बताएका छन् ।
विपीको यो समाजवादी बिचार वाचन गर्दै प्रारम्भ गरिएको कार्यक्रममा वक्ताहरुले कांग्रेसले आफ्ना मुल्य र मान्यता बिर्सेको कारण धेरै पटक ठक्कर खानु परेकोमा आक्रोस समेत पोखेका छन ।

नेपाली कांग्रेसले अख्तियार गरेका मूल्य र मान्यताहरुसँगै देशकाल परिस्थिति र सर्वसाधारण समर्थकको भावना र चाहना प्रतिविम्बित हुने गरी कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराले बताए ।उनले विपीको बिचारलाई आत्मसातगरेर पार्टी विस्तार गर्नुपर्ने जोडदिए ।विपी प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष दुर्गा प्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विपी चिन्तन प्रतिष्ठान कञ्चनपुरको आयोजनामा सञ्चालित कार्यक्रमको सभापतित्व विपी चिन्तन प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष्य दुर्गा प्रसाद भट्टले गर्नुभएको थियो । प्रमुख अतिथी नेपाली कांग्रेश जिल्ला सभापति हरी प्रसाद बोहरा रहनुभएको थियो । कार्यक्रममा विपिको विचार र विपिको सिदान्तबारे शुक्लाफाटा नगर सभापती जयबहादुर बिष्टले प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुस