कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका १ नम्बरका वडाध्यक्ष आसेफ कुँवर ले आफुले पाएको तलबको रकम बाट जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएकाहरु लाई भत्ता वितरण गरेका छन् ।अध्यक्ष कुँवरले आर्थिक बर्ष २०७५र०७६ एक बर्षमा आफुले पाएको रकम वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेको हो । आइतबार वडाध्यक्ष कुँवरले वडा कार्यालय र गाउँमै पुगेर नगदै रकम तिवरण गरेका छन् । १५ सयका दरले १ सय ५० जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई रकम वितरण गरेका छन् ।

अध्यक्ष कुँवरले वडाबाट उनीहरुको कार्ड बनाएर रकम वितरण गरेका छन् । वडाध्यक्ष कुँवरले गत बर्षदेखि आफुले पाउने पारिश्रमिकको रकम नलिने घोषणा गरेका थिए । गत बर्ष पनि जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई तलबको रकम वितरण गरेका थिए ।

अध्यक्ष कुँवरले निर्वाचनकै बेला जनतासंग गरेको बाचा अनुसार सरकारले दिने तलब नलिने घोषणा गरेका थिए । ‘मैले पाउने पुरै रकम असाहय नागरिकलाई नै दिन्छु, ‘वडाध्यक्ष कुँवरले भने, ‘म पाँचै बर्षको कार्यकालको रकम लिदैन् ।’ वडाध्यक्ष कुँवरले आफ्नो तलबबाट रकम वितरण गरेपछि जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्ति हर्षित भएका छन् ।

वडाका सक्क्त विरामी र अशक्तको समेत कार्ड बनाएर उनीहरुलाई समेत १५ सयका दरले रकम वितरण गर्ने अध्यक्ष कुँवरले बताए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित कुँवरको समाजिक कामप्रति वडामा प्रसंसा गरिएको छन ।

प्रतिक्रिया दिनुस