नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय र तेजाबी सुनको मूल्य ९१ हजार दुइ सय रुपैयाँ छ ।

महासंघले हिजो बुधबार हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तिन सय रुपैयाँ तोकेको थियो । आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले आजको मूल्य सूचीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुस