महेन्द्रनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत यस वर्ष सुदूरपश्चिमका कलेजलाई अध्यापन अनुमति दिइएको छैन् । सिटीईभिटीले बुधवार सूचना जारी गर्दे मुलुकभरका ४५ नर्सिङ केलेजलाई मात्रै अध्यापन अनुमति दिइएको उल्लेख गरेको छ । १ सय १२ कलेजमध्ये अन्यले मापदण्ड अनुरुप शय्या नपुगाउदा ४५ कलेजलाई मात्रै अनुमति दिनुपरेको सिटिइभिटीले जनाएको हो ।

चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन् ।

जसमध्ये सुदूरपश्चिममा ७ कलेज रहेका छन् । कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पस, कैलालीको फारवेस्ट टेक्निकल कलेज, नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, पद्मा नर्सिङ कलेज, शैलेश्वरी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी र टीकापुर नर्सिङ क्याम्पस र डोटीको सुजङ हेल्थ एण्ड टेक्निकल एकेडेमीले पनि यस वर्ष प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्यापन गराउन नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुस