महेन्द्रनगर । नेकपा माओवादी केन्द्र डडेलधुरा पर्शुराम नगरपालिकाको नगर अध्यक्षमा शेरसिह माल (डायमण्ड) चयन भएका छन् । शनिबार सप्पन्न दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा `डायमण्ड´ चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा राजकुमार भाट, गोबिन्द सिह बोहरा र महिला उपाध्यक्षमा दुरा खाति चयन भएका छन् ।
सचिबमा कर्ण बहादुर खाती, सह-सचिवमा हर्क बहादुर कार्की, र कोषाध्यक्षमा बिमला कुमारी बोहरा महता चयन भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य अम्बर बोगटी (सुसिल)ले जानकारी दिए। नगर सम्मेलन बाट ६५ सदस्यीय नगरकमिटी चयन भएको उनले जानकारी दिए ।
सनिवार सप्पन्न नगर सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज खगराज भट्ट रहेका थिए । त्यस्तै कार्यक्रममा प्रदेश प्रतिनिधि महेश कुमार महरा, कुन्ती जोशी लगायतको सहभागीता रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य सुसिलले जानकारी दिए।