महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल चोरीमा संलग्न शैलु भनिने शौरभ बहादुर सिंह पक्राउ परेका छन् । डाँकाचोरी सम्बन्धी कसुर मुद्धामा फरार शैलुलाई प्रहरीले आइतबार विहान लालझाँडी गाउँपालिकाबाट नियन्त्रणमा लिइएको जनाएको हो ।

कार्तिक ७ गते बेलोरी स्थित डि.डि. अटोमोबाइल्स सोरुमबाट बजाज कम्पनिका तिन थान पल्सल मोटरसाइकल चारीगरेको जाहेरीका आधारमा खोजी गर्दे गर्दा सुक्लाफाँटा नगरपालिका – १ बन्साहका शैलुलाई लालझाँडी गाउँपालिकाबाट नियन्त्रणमा लिइ आवस्यक अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल चोरी प्रकरणमा प्रहरीले बिबेक बम, लक्ष्मण चुनारा, ठग्गी राना, पारष बिष्ट, नरी बिष्ट भनिने नरेन्द्र जोशी, सतित बोहरा, भुवन ऐर र किरण नाथलाई पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ ।
शैलुमाथी प्रहरीले बिभिन्न ८ शिर्षकमा मुद्धा चलाएको छ । वि.स.२०७४ पुस २२ गते ज्यान मार्ने उद्योग, साउन १० गते चोरी मुद्धा, २०७५ वैशाख ३० गते चोरी मुद्धा, ०७५ साउन १० गते, कार्तिक १३, १४ गते र १७ गते चोरी मुद्धा र ०७८ कर्तिक १४ गते लागुऔषध मुद्धामा फरार शैलुलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाही अगाडी बढाइएको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनुस