काठमाडौं । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गतको खेलमा युएईसँग पराजित भएको छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएसँगै नेपालको ग्लोबल छनोटको यात्रामा पूर्णविराम लागेको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्‍यो । नेपाल यस अघि हङकङसँग पराजित भएको थियो । जितका लागि १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुँदै केवल ७९ रन बनायो। नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुस