महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । प्रतिस्पर्धी बहादुरसिंह थापालाई हराउँदै बोगटी विजयी भएका हुन् ।

थापालाई एनपी साउद समूहले सघाएको थियो । बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक समूह निकट हुन् । कञ्चनपुर कांग्रेसमा ७१ मत गन्न बाँकी छँदा सभापतिमा पदम बोगटी ७ सय ६८ मत लिए ।

उनका प्रतिस्पर्धी थापाले ६ सय ८४ मत लिएका छन् । त्यस्तै उपसभापतिमा मिनबहादुर सिंह ७ सय ८६ र हरिसचन्द्र राना ७ सय ६३ मत ल्याउँदै विजयी भएका छन् । सचिवमा भिमराज भट्ट र हेमराज ओझा निर्वाचित भएका छन् । भट्टले ७ सय २९ मत ल्याउँदा ओझाले ७ सय ३० मत ल्याए ।

सहसचिवमा नाफुसिंह साउँद ७ सय २६ र पुष्कल चौधरी ६ सय ७४ मत ल्याउँदै विजयी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुस