अछाम– अछाममा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बयलपाटा अस्पतालमा आज बिहान छोरी जन्माएकी २० वर्षीया सम्झना विकलाई अत्यधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उपचारमा संलग्न डाक्टर दिल शाहीले निकै कोसिस गर्दा पनि रगत बग्न नरोकिएपछि अन्यत्रै रेफर गर्नुपरेको जनाए । सुत्केरीलाई कोहलपुर मेडिकल कलेज लगिएको हो ।

प्रतिक्रिया दिनुस