महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर दोधाराचादनी नगरपालिकाको अध्यक्षमा नन्दलाल सुनार चयन भएका छन् । सोमबार सम्पन्न नगरभेलाबाट नगरअध्यक्षमा सुनार चयन भएका हुन् ।

नवगठित नगरपालिका उपाध्यक्षमा सुकदेव धामी र खेमकुमारी बुढाथोकी, सचिवमा महानन्द भट्ट, उपसचिवमा डम्बर पन्त, मानवबहादुर सुनार र नर बहादुर सुनार चयन भएका छन् । भीमदत्तनगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार सोमबार दोधाराचादनी नगरपालिका–४ मा आयोजित भेलाले ४१ सदस्यीय नगरकमिटी चयन गरेको हो ।

प्रतिक्रिया दिनुस