चितवनः नेकपा एमालेको १० औं महाधिवेशनमा तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जस कारण सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन्। तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन्।एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन्।

फिर्ता लिनेहरुमा कृष्णप्रसाद जैशी, सहदेब बोगटी र दिपकप्रसाद भट्ट रहेका छन्। भूगोलतर्फ महिलामा भने अझै सहमति हुन सकेको छैन्। ३ महिलाको कोटामा ६ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुस