महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकामा ३ जना, भीमदत्तनगरपालिकामा २ जना र बेदकोट नगरपालिकामा १ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोराना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो । जिल्लामा हाल ४ जना आइसोलेसन र २१ जना होम आइसोलेसनमा रहेको कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुस