महेन्द्रनगर । महेन्द्रनगरमा रोजगारदाता र स्थानीय स्तरका टे«ड युनियनहरूसँग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय श्रम रोजगार शाखाको आयोजनामा रोजगार दाता र स्थानीय स्तरका ट्रेड युनियन सँग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमको गरिएको हो ।

कार्यक्रममा सहभागीले कञ्चनपुरमा समय अनुकूल तालिम सञ्चालन नगरिने गरेका भन्दै आपत्ति जनाएका छन् । कार्यक्रममा सहभागी इलेक्ट्रीसियन परमानन्द जोशीले बेरोजगार युवाहरूले उपयुक्त सिप नपाउँदा बाह्य मुलुकमा गएर समेत भौँतारिनु पर्ने अवस्था रहेको गुनासो पाखे । समयसापेक्ष रोजगार सूचना केन्द्र, सिप विकास तथा अन्य तालिम प्रदायक सङ्घसंस्थाले उचित तालिम सञ्चालन नगर्दा स्वदेशको आर्थिक अवस्था झन् खस्किँदै गएको बताए ।

उनले स्थानियस्तरमै एसी, कुलर, हिटर, मास्क बनाउने तालिमका कार्यक्रमहरू ल्याइनुपर्ने माग राखे । अझै पनि बाह्य मुलुकबाट जनशक्ति झिकाउनु पर्ने अवस्था रहेको भन्दै उनले जसका लागी कटाइसिलाई, दुना टपरी, बिउटीपार्लर मात्रै नभई समय अनुसार आवश्यक तालिम सञ्चालन गरिनुपर्ने माग राखे ।

नेपाल टे«ड युनियन महासङ्घका उमेश पाण्डेले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरिनुपर्ने माग राखे । उनले तल्लो तहका मजदुरहरूका लागी योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरिए उनीहरूको हौसलामा बृद्धीहुने समेत बताए । कार्यक्रममा श्रम रोजगार शाखाका चप्पा जोशीले सुदूरपश्चिममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष मन्त्रालयबाटै लागु नभएको बताइन् ।

उनले कञ्चनपुरमा माग र आवश्यकतामा आधारित तालिमका कार्यक्रमहरू ल्याइने जनाइन् । उक्त कार्यक्रमहरूका लागी प्रदेश सरकार सँग माग गरिने उनले जनाइन् । महेन्द्रनगरको गङगोत्री गोल्डमा आयोजित कार्यक्रमका अध्यक्ष सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गोविन्द प्रसाद पौडेलले स्थानीय स्तरमा रोजगारीका अवसर सृजना र जसका लागी प्रदेश सरकारले उचित तालिमको व्यवस्था मिलाउने जनाए ।

समय सुहाउँदा तालिमका कार्यक्रम ल्याई विभिन्न अवसरहरू मार्फत बेरोजगार युवाहरूलाई रोजगार उन्मुख गराउन प्रदेश सरकार अग्रसर रहेको उनले जनाए ।

No description available.

प्रतिक्रिया दिनुस