बैतडी । नेकपा माओवादी केन्द्रको तीन पालिकामा अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा उज्जल सिंह साउँद, लिला जोशी, मने लुहार, सचिवमा धर्मानन्द बडु, सह सचिवमा निराजन ढुँगाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन् । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा उद्धव धामी,लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रविन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।अन्य बाँकी सात पालिकाहरुमा पनि मंसिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो ।

तत्कालीन समयमा नेकपा (एमाले) सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादी केन्द्रले २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुस