जनकपुरधाम, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओादीका महासचिव मोहन बैद्य ‘किरण’ ले वर्तमान सरकारबाट जनआकाँक्षा पुरा हुन नसक्ने बताउनुभयो । जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले वर्तमान कम्युनिष्ट नामको सरकारले देश र जनताको हितको पक्षमा काम नगरेको आरोप लगाए ।

वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदैउनले भने ‘‘वर्तमान व्यवस्थाबाट आर्थिक, सामाजिक र राजनैतिक समस्या समाधान हुँदैन, यस्को विकल्प जनवादी व्यवस्थाका लागि जनता सक्रिय हुनुपर्ने अवस्था आएको छ ।

महासचिव वैद्यले आवश्यकतामा हतियार उठ्न सक्ने संकेत गर्दै लुकेर बनाइएको संविधान फालेर जनताले चाहेको व्यवस्था ल्याउन हतियारको आवश्यकता पर्ने बताउनुभयो।

नेत्र विक्रम चन्द ‘विप्लव’ को कार्यदिशा स्पष्ट नभएको भन्दै विप्लवहरुको क्रान्ति जनक्रान्ति हो कि कि जनसंघर्ष स्पष्ट नभएको बताए । विप्लव समूहमाथिको प्रतिबन्धको निर्णय राजनीतिक होईन उनले भने ‘राजनीतिक शक्तिबाट उठेको समस्याको समाधान राजनीतिक ढंगले नै निकाल्नु पर्दछ ।’

प्रतिक्रिया दिनुस