कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नं ८ पारिफाँटा ,भमरभोज लगायत का टोलमा एक्कासी बाख्राहरुमा अज्ञात रोगका देखा परे पछि बाख्रा मर्न थालेका छन।

बाख्रा मर्न थालेपछि पशु बिज्ञ केन्द्र कञ्चनपुर को टोली, शुक्लाफाँटा नगरपालिका पशु विकास शाखा कार्यालय झलारी र वडा नं ८ को कार्यालयको टोली भमरभोजमा पुगेको वडा अध्यक्ष बहादुर सिह महराले जानकारी दिनुभयो ।

अध्यक्ष महरा अनुसार बिज्ञहरुको टोलीद्धारा नमुना लिने काम सकिसकेको बताउदै रिपोर्ट आउने बित्तिकै रोग अनुसारको उपचार प्रक्रिया सुरु हुने जानकारी गराउनु भयो । अर्को ब्यबस्था नभए सम्म का लागि खसी तथा बाख्रा को मासु खान बिक्रीवितरण गर्न वडा कार्यालले प्रतिबन्ध लगाएको बताउनु भयो ।साथै थप बाख्रा हरुमा बिरामीको समस्या देखिएमा शुक्लाफाँटा नगरपालिका पशु बिकास शाखा झलारीमा सम्पर्क राख्न अध्यक्ष महरा सूचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुस