कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको छ । शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षती भएको बताइएको छ।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस