महेन्द्रनगर । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षीक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार गोकुल बोहराले सहकारी आर्थिक विकासको महत्वपुर्ण हिस्सा रहेको उल्लेख गदैँ सरकारतर्फबाट हुने सहयोगका लागि पहल गर्ने बताए ।

सहकारीले साधारण सभाको अवसरमा २० वर्ष बढी सेवा गरेको कर्मचारलाई दिर्घसेवा पदकसहित सम्मान गरेको छ ।सम्मानीत हुनेमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश बहादुर चन्द, लेखापाल भीमराज जोशी तथा बजार सहायक नरेन्द्र सिंह थलाल र प्रेमराज जोशी रहेका छन् । शेयर सदस्यलाई १८ प्रतिशत लाभाशं वितरण गरेको छ । सहकारीमा २५ हजार आठ सय १६ जना शेयर सदस्य आवद्ध छन ।१४ करोड चुक्ता पुजी रहेको यस सहकारीले हालसम्म एक अर्व ४८ करोड ऋण लगानी गरेको सिईओ चन्दले बताए । उनका अनुसार सहकारीले कृषी, लघु उद्यम र व्यवसाय कर्जा लगानीमा जोड दिएको छ ।

सहकारीलाई प्रविधिमैत्री बनाउदै लगेको उनको भनाई छ । त्यस्तै सहकारीले शेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई आई।सी। एजी अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था समेत गरेको छ । सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले आर्थिक विकासका लागि संस्थाले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै सहकारीले सामाजिक तथा आर्थिक रुपान्तरणका लागि निरन्तर क्रियाशिल रहने प्रतिवद्ध्ता जाहेर गरे । साधारण सभामा उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल, बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, को–ओपरेटिप म्यानेर्जस क्लब कञ्चनपुरका अध्यक्ष सुनिल कुमार सेठी, राष्ट्रिय सहकारी बैक महेन्द्रनगरका प्रमुख प्रकाश थपलिया लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी, प्रतिनिधि र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस