नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्। उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले सुदूरपश्चिममा पनि तिव्रताका साथ तयारीमा लाग्ने पनि बताए।
आइतबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्धन्द्धी नारायणदत्त मिश्रलाई फराकिलो मत अन्तरले पराजित गर्दै बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापतिका रुपमा निर्वाचित भएका हुन्। बलायरले छ सय ८८ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले दुई सय ८० मत प्राप्त गरेका थिए।
देउवा प्यानलबाट चुनाव लडेर बलायर पहिलो सभापति बनेका हुन्।
प्रतिक्रिया दिनुस