कञ्चनपुर साउन ७ , सुदूरपश्चिमाञ्चल विस्व विध्यालयको केन्द्रिय कार्यालयको ताला चार महिना सम्म खुल्न सकेको छैन । विगत चार महिना देखि नेपाल विध्यार्थी संगठनले विभिन्न माग राख्दै विस्व विध्यालयको केन्द्रिय कार्यालयमा ताला लगए देखि कार्यालयको ताला खुलेको छैन ।
विस्व विध्यालयको ताला खुलाउने र वार्ता गर्ने काम दुवै पक्ष बाट पहल हुन सकेको छैन । विस्व विध्यालय नियम र कानुन संगत चलाउने काम नगर्दा विस्व विध्यालयमा ताला बन्दी गर्नु परेको नेपाल विध्यार्थी संगठनका नेता नागेश प्रसाद पन्तले बताउनुभयो ।
विगत चार महिना देखि बन्द रहेको कार्यलय नखुल्दा दैनिक हाजिर लगाउने र तलव निकासा गर्ने सम्मको काम मात्र हुन सकेको विस्व बिध्यालयको रजिस्टार गोबिन्द बिष्टले बताउनुभयो । नेपाल विध्यार्थी संगठनले बर्तामा आउन आनाकानी गर्दा कार्यलय सञ्चालन गर्न कठिन भएको रजिस्टार बिष्टल बताउनुयो ।