काठमाडौं साउन ९, लमजुङको दोर्दी खोलामा आएको बाढीले हाइड्रो प्रोजेक्टमा काम गर्ने ११ जना मजदुरलाई बगाएको छ । बगाएका मजदुर मध्ये चारजनाको मात्र शव प्राप्त भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

एक्कासी बुधबार दिउँसो आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको हो । शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत् परियोजना निर्माणाधीन रहेका छन् ।

बाढीमा फसेका सुपरदोर्दीका १५ मजदुरलाई भने उद्धार गरिएको छ । ९ जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।

२५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत् आयोजना र पिपुल्स हाइड्रोपावरमा बाढीले क्षति पु¥याएको छ । ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ को सुरुङमा थुनिएका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । बाढीले आयोजनाको दुईवटा ट्र्याक्टर, एउटा मिक्स्चर र एउटा लोडर बगाएको छ । डाइभर्सन सुरुङलगायतका संरचनामा क्षति पु¥याएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुस