नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ ।

नवलपरासी जिल्ला अदालतको बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको हो जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी अर्जुन रानाभाटले जनएको छ । कावासोती ८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडुको श्रेष्ठको घर साइडमा फार्किङ गरिराखेको थियो ।
राति सोही घरमा भाडामा बस्ने झपटबहादुर कुवर लगायत ४ जना मानिस काठमाडौं जान निस्कँदा एक्कासी आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए र राति नै प्रहरी, स्थानीय र दकलको सहायताले आगो नियन्त्रणमा लिएको थियो ।

विप्वल समूहले केही दिन अघि सरकारमाथि प्रतिबन्ध लगाइ सरकारी गाडी चल्न नदिने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुस