बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो।
आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ।
उपाधि जित्ने टोलीले एक लाख १० हजार १०१ र कप मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक सागर भण्डारीले जानकारी दिए।यस्तै द्वितीय पुरस्कार ७५ हजार १०१ र कप मेडल तथा प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १०१ सहित कप, मेडल तथा प्रमाणपत्र राखिएको छ।
सान्त्वना पुरस्कार ३० हजार १०१ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पञ्चेश्वर–३ को कुलाउमाविको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन नपाउने जनाइएको छ। पुस ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताशुल्क पाँच हजार १०० तोकिएको छ। यसैबीच गाउँपालिकाले माविस्तरीय महिला भलिबलसमेत आयोजना गरेको छ। उक्त प्रतियोगिता पुस १ देखि सुरु हुनेछ।