नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्।

५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार ग्रहणको कार्यक्रममा पदाधिकारी ढिलो आएका भन्दै सभापति बलायरले आक्रोश व्यक्त गरेका थिए। उनले भने, ‘प्रदेश समिति बस होइन, रोक्न मिल्ने। रेल हो, समयमा नआए छुट्छ। बिहान ८ बजे बोलाइएकोमा अझै सबै जना आउनु भएको छैन’ उनले भने। धनगढीमा प्रदेश सरकारको बजेटमा निर्माण गरिएकोे भवनमा पार्टी कार्यालय स्थापना गरिने पनि उनले बताए। सोमबार नै प्रदेश समितिको पहिलो बैठक बसेको छ।

प्रतिक्रिया दिनुस